मछिन्द्रलाई ५–४ ले हराउँदै पुलिस विजयी


धरान, १६ फागुन । बुढासुब्बा गोलकप फुटबल प्रतियोगिता मछिन्द्र क्लबलाई ५–४ ले हराउदै नेपाल पुलिस क्लब विजयी भएको छ । जितसँगै पुलिस बुढासुब्बा गोलकपको फाइलनमा पुगेको ।
त्यसै सर्वाधिक पुरस्कार राशीको चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपमा अर्को विभागिय टोली नेपाल एपिफएफ क्लबसँग निराश पादै जित हात पारेको त्यसैदिन धरानमा भने ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई सडन डेथमा स्तब्ध पार्न सफल भएको छ ।
धरान रंगशालामा टोली पुलिस क्लबसँग मछिन्द्र निराश भएको छ । पुलिस ५–४ ले विजयी हुँदै उपाधि नजिक पुगेको छ ।
सडन डेथमा कपिल ढकालको गोल निर्णायक बनेको थियो । त्यसमा मछिन्द्रका विराज महर्जन गोल गर्नबाट चुकेका थिए । टाइब्रेकरमा पुलिसका लागि भोला सिलवाल, जुमानु राई, पदम भद्रा, तीर्थ राना मगरले गोल गरे । सुमन सुवेदी गोल गर्नबाट चुकेको थिए ।
टाइब्रेकरमा मछिन्द्रका देवेन्द्र तामाङ, रञ्जित धिमाल, विमल घर्तीमगर, विजय धिमालले गोल गरे । विशाल राई भने गोल गर्नबाट चुकेका थिए ।
शनिबार हुने फाइनलमा पुलिसले नेपाल आयल निगम मनाङ मस्र्याङ क्लबको सामना गर्नेछ । पुलिस बुढासुब्बाको सबै भन्दा बढी ५ पटक उपाधि जित्ने टोली पनि हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको हो ।
उता धनगढीमा भने साविक विजेता समेत रहेको पुलिस टोली एपिएफसँग टाइब्रेकरमै ४–३ ले निराश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *