अमेरिकामा एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं, १६ फागुन । अमेरिकामा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा मे १५ र १६ मा दुई दिन प्रतियोगिता हुने भएको हो । प्रतियोगिता नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आयोजना गरेको हो ।
आयोजकले प्रतियोगिता बारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रतियोगितामा ५ सय बढी खेलाडीले सहभागिता जनाउने आयोजक तेक्वान्दो प्रशिक्षक कुमार कार्कीले बताए । प्रतियोगितामा नेपाल, भारत, बंगालादेश, अमेरिका, क्यानडा, कोरियालगायत देशहरुका खेलाडीहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *