मदन भण्डारी स्मृति ठमेल रोड रेस फागुन २४ गते हुने


काठमाडौं, १६ फागुन । मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता फागुन २४ बाट हुने भएको छ । रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा फागुन २४ गते हुने बिहीबार पत्रकार सम्मेलमा बताइएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष), ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय हुने छ ।
प्रतियोगितमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने धावक जित बहादुर केसी र कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५ किमी खुल्ला रोडरेसको प्रथम हुने खेलाडीले २५ हजार, दोस्रो हुनेले १२ हजार र तेस्रोले ८ हजार प्राप्त गर्ने छन् । ५ किमी पुरुष भेट्रानको पहिलो हुने खेलाडीले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्ने छन् ।
स्कुलतर्फ ५ किमीको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रोले ५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितमा १५ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । रोड रेस लैनचौर फुटबल मैदानबाट शुरु हुने पत्रकार सम्मेलनमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *