दम्पत्तिको हत्या

 

कञ्चनपुर, १६ फागुन । एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको बताए ।
जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको ६ महिनाकी छोरी रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *