पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा राष्ट्रपतिको जोड


दार्चुला, १६ फागुन । समृद्धि राष्ट्रका लागि पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिएकी छिन् । बिहीबार सुदूरपश्चिमको दार्चुलास्थित मालिकार्जुन मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको विकास र समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्नु जरुरी रहेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन् । जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्ने उनले बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त रहेको बताइन् । उनले यस क्षेत्रमा रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनु पर्ने सुझाव दिएकी छिन् । राष्ट्रपति भण्डारीले मानसरोवर जाने मार्ग यही भएकोले यस क्षेत्रसम्म पहँुच पु¥याउन सबैले हातेमालो गर्न आग्रह गरेकी छिन् ।
पहिलोपटक दार्चुला भ्रमण गर्न गएकी राष्ट्रपति भण्डारीले दार्चुला जिल्ला त्रिदेशीय क्षेत्रमा पर्ने भएकाले पनि पर्यटनको हिसाबले राम्रो भएको दाबी गरेकी छिन् । उनले यस क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताइन् । राष्ट्रपति भण्डारीले विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक संगठित हुनुपर्ने जोड दिएकी छिन् ।
उनले हिमाल, वनजङ्गल जोगाउन सक्यौँ भने पर्यापर्यटनमा टेवा पुग्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदा संरक्षणका लागि अपि नाम्पा संरक्षण क्षेत्रलाई अझै प्रभावकारी बनाइनु बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *