पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य ः प्रचण्ड, नाकाबन्दीको बेला चुक्क नबोल्ने कांग्रेसले केकमा राष्ट्रवाद देख्योः प्रम


काठमाडौं, १६ फागुन । पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले बताएका छन् । बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको बताएका छन् । प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पछिल्लो समय नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेपछि प्रचण्डले यस्तो बताएका हुन् ।
बुधबारको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएकोमा त्यसलाई कार्यान्वयन नगर्ने ओलीले बताएपछि पार्टीभित्र चर्को विवाद भएको छ । प्रम ओली वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेका छन् ।

प्रचण्डले पार्टीमा कुनै विवाद नरहेको आस्वस्त पार्न खोज्दै हामी दुई जना बेलाबेला लडीरहन्छौ । यो पार्टी रहेसम्म चलिरहन्छ । पार्टी विवादरहित भएको दिन कम्युनिस्ट पार्टी नै सकिने बताएका छन् ।
उनले नेकपा पोखरीको पानी होइन भन्दै पार्टीभित्र छलफल र बहस निरन्तर भइरहने बताए । उनले पार्टीलाई विघटन र विभाजित हुन कुनै पनि हालतमा नदिने भन्दै ढुक्क हुन समेत कार्यकर्तालाई अनुरोध गरेका छन् ।
‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो । उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए । विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी नचाहिने बताए । पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ । यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व भएको उनले बताए ।
उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए । पार्टीलाई एक ढिक्का बनाएर लान्छौ । कम्युनिष्टलाई दुश्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले लाडाइरहेको बताए ।
यसैगरी, सोही कार्यक्रममा नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका छन् । नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दाबी गरेका छन् ।
तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला’ नेपालले भने ‘यहाँबाट जाँदा उर्जा लिएर जाने बताए । पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताए ।
यसैगरी, सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको बचाउ गरेका छन् ।
मैले कसैको डिफेन्ड गर्न खोज्या होइन । बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुने प्रम ओलीले बताए ।
प्रधानमन्त्री ओलीले छिट्टै आफूले मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवासमा आएर काम गर्ने बताएका छन् ।
छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छैठौं दिनदेखि काम गर्छु, अझै १०–१५ वर्ष आफूलाई केही नहुने प्रम ओलीले बताएका छन् । उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७–१८ घन्टा काम गर्ने गरेको दाबी गरेका छन् ।
नेपालको नक्सा राखेर केक काटिएको विषयमा ओलीले नाकाबन्दीको बेला आफैँले खान नपाउँदा पनि चुक्क नबोल्ने कांग्रेसले केक राष्ट्रवाद देखाएको बताए ।
भारतले नाकाबन्दी गरेर ग्यास नआउँदा नबोल्ने कांग्रेसले केकमा राष्ट्रवाद खोज्ने दुःखद भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *