प्रियंका र आयुष्मान आज विवाह बन्धन बाँधिदै


काठमाडौं, १५ फागुन । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आज विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मान विवाह बन्धन बाँधिन लागेका हुन् ।
प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको स्रोतले जनाएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।
मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।
फिल्म वृत्तमा यी दुईको बिहे नहुने गसिप पनि चल्दै आएको थियो । भोलिदेखि भने प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिदैछन् । अहिले प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए । सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।
यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा प्रियंकाले अर्को वर्ष मात्र विवाह गर्ने बताएकी थिइन् । तर, केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *