सरस्वती क्लबका कप्तान दीपेशलाई २ वर्ष प्रतिबन्ध


काठमाडौं, १५ फागनु । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल मिलेमतोको अभियोगमा सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ । एन्फाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता नियमावली विपरित कार्य गरेकोले एन्फाको आयोजना र स्वीकृतिमा हुने प्रतियोगितामा २ वर्षसम्म कुनै खेल्ने नपाउनुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
एन्फाले खेल मिलेमतोको अभियोगनमा खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिगको ५९ औं खेल यति हिमालयन शेर्पा क्लबविरुद्धको खेलका लागि दीपेशले खेल मिलेतोको प्रस्ताव गरेको आशंकामा एन्फाले दीपेशलाई अन्तिम ३ खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । सोही घटनामा एन्फाले हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई ३ महिनाको प्रतिबन्ध लगाउनुका साथै ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तो शेर्पाकै गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई एक पटकलाई सुध्रने मौका दिएको विज्ञप्तीमा उल्लेख छ ।
दीपेश हाल एन्फाको स्वीकृति प्राप्त चौथो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिमबाट खेलिरहेका छन् । उनले आजको मितिबाट २ वर्षसम्म एन्फाको आयोजना र स्वीकृतिमा हुने प्रतियोगितामा खेल्ने पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *