बाँस्कोटामाथि छानबिन भैरहेको प्रवक्ता श्रेष्ठको दाबी

काठमाडौं, १५ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको कमिसनमा मुछिएका गोकुलप्रसाद बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । बुधबार सचिवालय बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन अगाडि बढाइसकेको दाबी गरेका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मोलमोलाइ गरेको दाबीसहित अडिओ टेप सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका दिएका थिए ।
बाँस्कोटाको मुद्दा सामसुम पार्न संविधान संशोधनको मुद्दा ल्याएको आरोप नेकपामाथि आएको प्रसंगमा प्रवक्ता श्रेष्ठले मुद्दा एकदिनमा हराउने र विलाउने नहुने बताए । उनले जे–जति छानबिन गर्ने प्रक्रिया सम्बन्धित निकायले अगाडि बढाएकै होला । मुद्दा कुनै विषयले पछाडि नपर्ने बताएका छन् ।
यसैगरी, प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरेकी छिन ।
सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिएकी छिन ।सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको भनि प्रश्न गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *