मुलुकलाई भ्रष्टाचाररुपि क्यान्सर लागेको दाबी


काठमाडौं, १५ फागुन । मुलुकलाई भ्रष्टाचाररुपि क्यान्सर लागेको पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै डा. भट्टराईले भ्रष्टाचार मुलुककोलागि क्यान्सर हो यसले देशलाई नै सखाप पार्ने बताएका छन् । भ्रष्टाचार सानो ठूलो नहुने उनले बताएका छन् ।
डा. भट्टराईले मातातीर्थ लगायतका स्थानका जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आफ्नो प्रधानमन्त्रीत्व कालमा निर्णय भएको विषयमा बारे स्पष्टिकरण दिँदै उनले विभिन्न समयमा आएका रायहरुको आधारमा स्वीकृति दिएको दाबी गरेका छन् । उनले सबै प्रकृया पूरा गरेर आफूले निर्णय गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ लगायतका स्थानका जग्गा प्रकणबारे प्रश्न गरेर राम्रै गरेको डा भट्टराईको भनाइ थियो । उनले नेपाल ट्रष्टमा गएको जमिन निजी क्षेत्रमा वा भूमाफियाले चलखेल गरेको र लाभ लिएको नदेखिने उनले बताए । मोहीको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ र कानूनी रुपमा त्रुटी नभएको डा. भट्टराईले बताएका छन् ।
डा. भट्टराईले आफन्त र आफ्ना छोराछोरीले बकस पाएको र गरेको छ भन्ने लागेको भए छानबिन गर्न आग्रह गरेका छन् ।
नेपाल ट्रस्टमा गएको जग्गा कुनै व्यक्ति विशेषलाई बाँडिएको भन्ने आरोप जुन लगाइएको र त्यसमा कुनै सत्यता नभएको डा. भट्टराईले बताए ।
यसैगरी, ललिता निवास जग्गा काण्ड बारेमा चर्चामा आएपछि उनले यो विषयमा राम्रैसँग याद छ जानिबुझिकनै गरेको हो, लुकाउने कुरा नभएको डा. भट्टराईले बताएका छन् । मन्त्रिपरिषदले विधेयक परिषद् छलफल गरि निर्णय अनुसार गर्ने भनिएको थियो र पछि मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको डा. बाबुराम भट्टराईले बताए ।
डा भट्टराईले राजनीतिक , कानूनी र नैतिक रुपमा आफूले सही निर्णय गरेको भएपनि प्रधानमन्त्री ओलीले प्रश्न उठाएको भन्दै प्रतिशोध, निषेध के गर्न खोजिएको हो भन्दै उनले प्रश्न गरेका छन् । यती ग्रुपलाई अझै जग्गा नपुगेको हो भने सुकुम्बासीलाई उठाएर भए पनि यतिलाई दिनुपर्छ भन्दै उनले सरकारलाई व्यंग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *