विराटनगर सेमिफाइनलमा प्रवेश


विराटनगर, १४ फागुन । गिरिजाप्रसाद कोइराला स्मृति ब्यामिन्टन प्रतियोगितामा विराटनगर ब्याडमिन्टन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलको विभिन्न इभेन्टमा विजयी हुँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेका हो ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ पहिलो खेलमा नेपाल पुलिसका विष्णु कट्वालसँग आर्मीका भोजबहादुर गुरुङ पराजित भए । दोस्रो खेलमा आर्मीका रुकेश महर्जनले आर्मीकै पविन लिङथेपलाई पराजित गरे ।तेस्रो खेलमा आर्मीका दिवस शंकरले बुढासुब्बा एकेडेमीका प्रनिशसिंह ठकुरीलाई पराजित गरे भने चौथो खेलमा आर्मीका नवीन श्रेष्ठले बुढासुब्बाका प्रियांसुसिंह क्षेत्रीलाई पराजित गरे ।त्यस्तै मेन्स डबलतर्फ पहिलो खेलमा आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले विराटनगरका आयुष कोइराला र प्रशान्त मैनालीको जोडीलाई पराजित गरे । दोस्रो खेलमा बुढासुब्बाका पेम्बा शेर्पा र प्रियांसुसिंह क्षेत्रीको जोडीले आर्मीका भोजबहादुर गुरुङ र दिवस शंकरको जोडीलाई पराजित गरे । तेस्रो खेलमा आर्मीका रुकेश महर्जन र पविन लिङथेपको जोडीले सप्तरीका जोन जसराज र पुरज ढुंगेलको जोडीलाई पराजित गरे भने चौथो खेल बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरीको जोडीले ललितपुरका प्रदीप महर्जन र रदीप महर्जनको जोडीलाई पराजित गरे ।
यसैैगरी उमेन्स सिंगलतर्फ पहिलो खेलमा आर्मीकी अनिता गिरीले विराटनगरकी भावना गुरुङलाई पराजित गरिन् । दोस्रो खेलमा मोरङकी सीमा राजवंशीले आर्मीकी गीता राईलाई पराजित गरिन् । तेस्रो खेलमा मोरङकी निता लम्सालले मोरङकै उषा कटुवाललाई पराजित गरिन् भने चौथो खेलमा आर्मीकी अनुमाया राईले मोरङकी रोज पाण्डेलाई पराजित गरिन् ।
त्यस्तै मास्टर डबल ४५ वर्षमाथिको पहिलो खेलमा ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीले तेह्रथुमका गोपाल खापुङ र गणेश राईको जोडीलाई पराजित गरे । दोस्रो खेलमा विराटनगरका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमालको जोडीले मोरङका मनोज लाखे र रामबहादुर श्रेष्ठको जोडीलाई पराजित गरे ।
तेस्रो खेलमा सुनसरीका सुरेश कार्की र श्याम लामाको जोडीले धनकुटाका किरण प्रधान र दीपक लामाको जोडीलाई पराजित गरे भने मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले पाँचथरका राजेन्द्र थापा मगर र गणेश राईको जोडीलाई पराजित गरे ।
त्यस्तै मास्टर डबल ५५ वर्षमाथिको पहिलो खेलमा पोखर÷धादिङका रमेश भट्टचन र विष्णुलाल श्रेष्ठको जोडीले विराटनगरका रामकुमार सिंह र शम्शेर राईको जोडीलाई पराजित गरे । दोस्रो खेलमा सुनसरीका तुलसी सुवेदी र भोजराज रखालको जोडीले मोरङका मनोज लाखे र रामबहादुर श्रेष्ठको जोडीलाई पराजित गरे । तेस्रो खेलमा विराटनगरका श्याम लामा र बलबहादुर मगरको जोडीले पाँचथरका रामवीर राई र तेजबहादुर तुम्बाखुको जोडीलाई पराजित गरे भने चौथो खेलमा खोटाङका दीपक राई कीर्तिमान राईको जोडीले विराटनगरका डिबी राई र शरण याक्सुको जोडीलाई पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *