काठमाडौं, १४ फागुन । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि २० कप बंगलादेश २०२० अन्तर्गत विश्व–११ र एसिया–११ बीच हुने खेलमा सन्दीप लामिछानेले पनि खेल्ने भएका छन् । बंगलादेशको शेर–ए बंगला रंगशालामा मार्च २१ र २२ मा सिरिजमा दुई खेल हुनेछ । टोलीमा समेटिएका छन् ।
एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खानसहित सन्दिप पनि टोलीमा परेका छन् । सन्दीपले एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउने भएका छन् । इपिएल मार्च १४–२८ सम्म टियू मैदानमा आयोजना हुनेछ । इपिएल सकिएपछि सन्दीप आईपिएल खेल्न भारत जाने कार्यक्रम रेहेको छ ।
एसिया–११को टोलीमा केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसारा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लासिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव, मुजिब उर रहमान खेलाडीहरु खेलाडीहरु परेका छन् ।