काठमाडौं, १ फागुन । सहिद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पा बराबरी भएका छन । दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै अन्त्य गरेको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । शेर्पाका लागि स्टेफन समिन डेबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर विष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १२ औं चरणको अन्तिम खेलमा हिमालन शेर्पाले पहिलो हाफमा लिएको ३–१ को अग्रतार्लाइ जोगाउन नसक्दा अंक बाढ्नु परेको थियो ।स्टेफनले पाँचौं मिनेटमा जावलाखेलका लागि गोल गरेका थिए । २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पाको अन्तरलाई दोब्बर पारे । स्टेफनकै पासमा विजयले गोल गरेका थिए । २–० ले शेर्पा अघि लागेको अवस्थामा जालाखेल १० खेलाडीमा सिमित भएको थियो ।गोलकिपर अरुण ब्लोनले रातो कार्ड पाउँदै मैदान छाडेरका थिए । पेनाल्टी बक्स भन्दा बाहिर निस्केर बल ह्यान्ड गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जावलाखेलले गोल फर्काएको थियो ।कुवेरले फोडेको पासमा गोल गर्दै अन्तर घटाएका थिए । तर, त्यसको दुई मिनेट पछि स्टेफनले अर्को गोल गर्दै पुन शेर्पाको अन्तरलाई बढाए । ६० औं मिनेटमा फोडेले हेडमार्फत गोल गर्दै पुनः टोली खेलमा फर्काउने प्रयास गरे । ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा सिमित भएको थियो ।निरज बस्नेत दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगत्तै रुपबहादुरले फ्रिकिकमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा पु¥याएका थिए । बराबरीपछि १९ अंकका साथ जावलाखेल पाँचौं स्थानमा छ । ११ औं स्थानमा रहेको शेर्पाको ११ अंक पुगेको छ ।