दुर्घटनाममा नायिकासहित २ जनाको मृत्यु

 

काठमाडौं, १ फागुन । सवारी दुर्घटनामा नेपाली चलचित्रकी नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु भएको छ । बुधबार साँझ उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो । लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो भने स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ’कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ’अप्रिल फुल’, ’चियर्स’, ’दानव’, ’जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *