आईजीपी ज्ञवालीद्वारा पदभार ग्रहण


काठमाडौं, १ फागुन । नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन । प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन । यसैगरी, बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह ग्रहणपछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको आक्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रहेर गृह प्रशासन मातहतको उत्कृष्ठ नमुना सङ्गठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताएका छन । उक्त समारोहमा गृहसचिव महेश्वरन्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *