सत्तारुढ नेकपा र विप्लव नेकपाले जनयुद्ध दिवस मनाउँदै, जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने


काठमाडौँ, १ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले आज २५ औँ जनयुद्ध दिवस मनाउँदै छन । २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु भएको थियो । सत्तारुढ नेकपाले बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतीमा कार्यक्रमको आयोजना गरेको छ । अघिल्लो वर्ष पनि यही नाममा नेकपाले जनयुद्ध दिवस मनाएको थियो । २५ औं जनयुद्ध दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिएको छ । पार्टी एकीकरणसँगै तत्कालीन माओवादीले मनाउँदै आएको जनयुद्ध दिवसको नाम परिवर्तन भएपनि सो दिनको सम्झनामा नेकपाले आयोजना गर्ने कार्यक्रमले जनयुद्ध र जनआन्दोलनलाई राजनीतिक रुपमा झनै स्थापति गरेको बताईएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिले नकारात्मक पात्रहरुलाई इतिहासको पर्दा्भित्र पटाक्षेप गरिदिने र आफ्नो कार्यभार नयाँ उत्तराधिकारीहरुलाई जिम्मा लगाइदिने भन्दै आफनो पार्टी त्यही युगीन कार्यभार पुरा गर्ने गहन जिम्मेवारीमा जुटीरहेको बताएका छन् । फागुत १ गते २५ र्औ जनयुद्ध दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विप्लवले जनयुद्ध दिवस गौंरवपूर्ण दिनको रुपमा सम्झदै सिद्धान्तमा व्यवहार, विचारमा भावना र वलिदानमा विजय मिसिएको दिवसनयाँ भावमा मनाउन लागेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीले २५ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा देशका विभिन्न जिल्लामा मसाल जुलुस निकालेको छ । कालीकोटबाट प्राप्त समाचारअनुसार जिल्लाका नरहरिनाथ गाउँपालिका, पलाता गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका, रास्कोट नगरपालिका, माहावै नगरपालिका, खाँडाचक्र नगरपालिकालगायत विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ । यसैगरी चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती, खैरेनी र कास्कीको मादी गाउँपालिका, रुपा गाउँपालिकालगायत पोखरा महानगरका विभिन्न ठाउँहरुमा पनि मसाल जुलुस निकालिएको छ । यसअघि नेकपाले विभिन्न ठाउँमा नाराहरूद्वारा जनतालाई जनयुद्ध दिवसको स्मरण गराएको थियो । नेकपाले साताव्यापी भव्य रूपले मनाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत कालीकोटमा पनि विभिन्न कार्यक्रम गर्दै २५ औँ जनयुद्ध दिवस मनाइने नेकपा कालीकोटले जनाएको छ । जनसभामा वक्ताहरूले जनयुद्धका सन्दर्भमा समसमायिक विचारसमेत प्रवाह गर्नेछन् । त्यसक्रममा काठमाडौँमा जनसभा गर्ने बताइएको छ भने देशका अन्य भागमा पनि जनप्रदर्शन र सभाहरू आयोजना गरिनेछ । त्यसैगरी फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू गरिने भएको छ । फागुन ५ गते भने देशव्यापी रूपमा साहित्यिक कार्यक्रमहरू गरिने भएको छ । जनयुद्ध दिवसको कार्यक्रमअन्तर्गत नेकपाले फागुन १० गते भारतले कब्जा गरेको भूमि फिर्ता गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।जनयुद्धको मुख्य लक्ष्य सामन्तवाद र साम्राज्यवादको जुवाबाट देशलाई स्वाधीन गराउनु थियो । आज भारत र अमेरिकी साम्राज्यवादले नेपाललाई झन्झन् पराधीन बनाउँदै लगेका छन् । भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा कब्जा गरेर फौज तैनाथ गरेको छ भने अमेरिकाले एमसीसीको बाटो भएर नेपालमा फौजी अखडा कायम गर्ने प्रयास गरिरहेको छ । देशद्रोही एमसीसी पारित गराउन पनि उनै देउवा–वली एकजुट भएका छन् । त्यस्तो अवस्थामा जनताको बलमा सदन र सरकारबाहिरबाट देशको रक्षा गर्ने प्रतिबद्धता आउनु र त्यसका लागि पहलकदमी लिनुलाई बाध्यात्मक विकल्प मान्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *