काठमाडौं, २२ माघ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले प्रारम्भिक टिम घोषणा गरेको छ । बंगलादेशमा आयोजना हुने च्याम्पियन्सिपका लागि इम रानाको कप्तानीमा १८ सदस्यीय टोलीे घोषणा गरेको हो ।
भलिबल संघले घोषणा गरेको टोलीमा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् । १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी नभएका मानबहादुर एभीसीका लागि भने प्रारम्भिक टोलीमा बोलाइएका हुन् ।
नेपाली टोलीमा १३औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी छन् । बंगलादेशमा आयोजना हुने एभीसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ । प्रारम्भिक टिममा इम राना (कप्तान), कुलबहादुर थापा, राजु शेरचन, टेकराज अवस्थी, हरिहजुर थापा, दीपकराज जोशी, विनोद चन्द, नरेन्द्र गिरी, विशाल विक, दुर्गा खड्का, हरि अधिकारी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, दुर्गा महतो, शरण सम्री, द्वारिका थापा, ईश्वर थापा, रविन चन्द रहेका छन् ।