कोरोनाभाइरस फैलिन नदिन प्रतिनिधिसभामा सवालजवाफ


काठमाडौं, २२ माघ । छिमेकी राष्ट्र चीनको वुहान प्रान्तमा देखिएको कोरोनाभाइरस नेपाल फैलिन नदिन प्रतिनिधिसभाको बैठकमा सवालजवाफ भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा चीनबाट फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारको तयारीबारे सांसदहरुले प्रश्न गरेका छन् ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । अन्य संसादहरुले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले के गरेको छ भन्दै प्रश्न गरेका थिए । सांसदहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संक्रमण नियन्त्रण गर्न सरकारले आन्तरिक तयारी गरेको जवाफ दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २ पटक विज्ञहरुसँग बैठक बसेको बताउँदैे आफ्नो नेतृत्वमा उच्चस्तरीय समिति र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम गरिरहेको जनाएका छन् । कोरोना भाइरसबाट कसरी बच्ने भनेर चेतनामूलक विज्ञापन गरिरहेको बताए ।
अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा चीनमा अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याउन जरुरी छ तर उनीहरुबाट अरुमा रोग संक्रमण नहोस् भनेर सावधानी अपनाउन पनि जरुरी छ । जुन देशमा चीनबाट नागरिक ल्याएर संरक्षण गरियो त्यहाँबाट पनि छिटपुट प्रतिक्रिया आएको छ । जोखिम नहुने सुनिश्चिता गरेर मात्रै ल्याउने तयारीमा गरेको मन्त्रि ढकालले बताएका छन् ।
उनले चीनबाट ल्याइएका नागरिकलाई कुन ठाउँमा राख्ने भन्ने निश्चयमा सरकार रहेको बताउँदै बस्तीभन्दा टाढा रहेको ठाँउ छनौट गरेको बताएका छन् ।
बैठकमा अधिकांश सदस्यहरुले कोरोना भाइरस प्रकोपका सम्बन्धमा धारणा राख्दै सरकारले छिटो चीनमा रहेका नेपालीहरुको उद्दार गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *