नेकपाबाट मात्रै न्याय, समानता र समृद्धि हुने दाबी सरकार र प्रेसबीच कहिलेकाहीँ ठाकठुक पर्नु स्वभाविक ः प्रम


काठमाडौं, २२ माघ । सरकार र प्रेसबीच कहिलेकाहीँ ठाकठुक पर्नु स्वभाविक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा ओलीले प्रेसले सरकारविरूद्ध बलिङ गरेकोग¥यै गरेकाले कहिलेकाहीँ ब्याटिङ गरेको बताए । प्रेस स्वतन्त्रता संकुचित र कुन्ठित हुने काम सरकारले नगर्ने उनले बताए । यो सरकार आन्दोलनबाट आएको हो र लोकतन्त्रको रक्षा गर्न आएको हो। म पनि लोकतन्त्रका लागि लडेको व्यक्ति हुँ,’ ओलीले भने, ’तपाईंहरूले सरकारको आलोचना गर्नुहुन्छ । कहिलेकाहीँ अलि बढ्ता नै गर्नुपर्छ । मैले पनि कहिलेकाहीँ आलोचना गरें भने सरकार प्रेसप्रति असहिष्णु भयो भन्नु भएन ।’प्रेसले निरन्तर लेखेपछि सरकारले पनि बेला बेलामा जवाफ फर्काउने गरेको प्रधानमन्त्रीको भनाइ छ । सरकार प्रेसविरोधी हुन सक्तैन, प्रेसको शत्रु हुन सक्तैन ।’उनले प्रेसले बढ्तै भएर सरकारको आलोचना गरेको जिकिर गरे ।’तपाईंहरूलाई भन्छु तपाईंहरू पनि बढ्ता भएको साँचो हो । तर बढ्ता हुन पनि पाइन्छ,’ ओलीले भने,’ लोकतन्त्र ल्याउन तपाईंहरूले पनि योगदान गर्नु भएको छ । त्यसैले लोकतन्त्रको हिस्सेदार ठान्नु र आफ्नो कुरा राख्नु ठीकै हो । आज यहाँ कोठामा पनि तपाईंहरू सबैले स्वतन्त्रपूर्वक र निर्धक्कपूर आफ्नो कुरा राख्नुभयो। ’आफूलाई स्वतन्त्र देशको स्वतन्त्र नागरिक ठानेर तपाईंहरूले आफ्ना कुरा राख्दा र हामीले आफ्ना कुरा भन्दा कहिलेकाहीँ ठाक्कठुक्क पर्छ तर त्यसमा कसैले अन्यथा लिनु नहुने बताएका छन ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि काम गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । मंगलबार पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले नेकपाले नै संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको बताए । उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो संगठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिएका छन् । वर्तमान सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले जनाए । सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।’
प्रम ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरेका छन् ।
आफूले नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आग्रह गरेका छन् । उनले छाउपढी जस्ता कूप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र संघर्षलाई सही बाटाका साथ संघर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताएका छन् ।
संघको एकतापछि चार हजार ४ सय ७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले मंगलबार शपथ ग्रहण गरेका छन् । संघका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *