बिभिन्न घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १७ माघ । भैरहवा, मोरङ र सुनसरीमा भएका बिभिन्न घटनामा ६ जनाको मृत्यु भएको छ । बोराको थुप्रोले थिच्दा भैरहवामा चार जनाको मृत्यु भएको छ । मृतक चारै जना एकै परिवारका हुन् । बुधवार राति भएको उक्त घटनामा परी भारतको बिहार घर भई १२र१५ वर्षदेखि भैरहवामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशवराज ज्ञवालीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीमा भाडामा बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए । उनीहरू सुतिरहेको कोठामा मैदाका खाली बोराहरू खात बनाएर राखिएको थियो । सुतेको बेला तिनै बोराका खात खसेर च्यापिन पुग्दा मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
यसैगरी, ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीको ज्यान गएको छ ।तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र पाण्डेले जानकारी दिए ।अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रवक्ता पाण्डेले जानकारी दिएका छन ।
यस्तै, मोरङ र सुनसरीका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार राति साढे ८ बजेको मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त २५८९ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय २२ बर्षीय अडताल मोडियारीलाई उपचारको लागि कोसी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता, सुनसरीको इटहरी–१७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाइकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका–५ का २० वर्षीय कौशल राईको मृत्यु भएको छ । बिहीबार बिहान राति पौने २ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको अनटेष्ट मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *