दायित्व पूरा नगर्नु पनि भ्रष्टाचार

 

विकासे बजेट खर्च गर्ने कर्मचारीलाई अख्तियार अनुसन्धान आयोगले दुःख दिने गरेको छ । कसरी खर्च गरियो, कहाँ कहाँ खर्च गरियो हिसाबकिताब देखा भन्ने चलन छ । तर, विकासे बजेट खर्च नै नगर्ने कर्मचारीलाई भने अख्तियारले केही पनि गर्ने गरेका छैैन । जसले गर्दा कर्मचारीमा बजेट खर्च गर्नुभन्दा त्यसै काम नै नगरी बस्ने प्रवृत्ति बढेको छ । सरकारले तोकेको बजेट खर्च नगरी अर्थात् काम नै नगरी बस्नु भनेको जघन्य अपराध गर्नु हो । काम गरेर कमिसन खानेभन्दा काम नै नगरी बस्ने अपराधी हुन् । यिनीहरुलाई जति नै कारबाही गरे पनि कम हुन्छ । विकासको आसमा बसेका जनतालाई निरासा बनाउने काम गर्नु हुँदैन । अख्तियारले काम गरेर कमिसन खानेलाई भन्दा काम नै नगरी बस्नेलाई पक्राउ गर्ने काम गर्नुपर्छ । आफ्नो काम, कर्तव्य र दायित्व पूरा नगर्नु पनि भ्रष्टाचार नै हो । स्वदेशमा कमाएको सम्पत्ति विदेशमा लानेलाई केही कठिनाइ छैन । तर, स्वदेशमा कमाएको सम्पत्ति स्वदेशमा नै लगानी गर्छु भनियो भने कैयौँ लफडा र कठिनाइहरु आइलाग्छन् । अनि कसरी मुलुकमा उद्योगहरु सञ्चालन हुन्छन् । मुलुकलाई विकसित बनाउनका लागि विदेशी लगानी भित्र्याउनुपर्छ । यस्तो तरिकाले मुलुकमा कसरी विदेशी लगानी भित्रिन सक्छ ? कसरी उद्योगहरु थपिन सक्छन् ? अनि कसरी नेपाली युवायुवतीहरुले रोजगारी पाउन सक्छन् ? अनि कसरी मुलुकबाट गरिबी हट्न सक्छ ? अनि कसरी मुलुक विकसित हुन सक्छ ? अनि कसरी मुलुक आत्मनिर्भर हुन सक्छ ? आफू पनि लगानी नगर्ने र अरुलाई पनि लगानी गर्न नदिने समूह सक्रिय भएको पाइन्छ । यस्तो आरिसे प्रवृत्तिले देश र जनताको भलो हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *