बम विस्फोट र आगजनीबाट एनसेलका दर्जनौं टावर ध्वस्त

काठमाडौँ, १३ माघ । बम विस्फोट र आगजनीबाट एनसेलका दर्जनौं टावर ध्वस्त भएका छन । काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरु एकैसमयमा आगजनी र बम विस्फोटबाट ध्वस्त भएका हुन । आईतबार काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका–१० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही गाउँपालिका पाल्ही, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं.–६ जुकेना, नवलपुरको कावासोती–१७ वगनवली र बुम्दीकाली–३ रसुवाका एनसेल टावर एकैसमयमा बम विस्फोट र आगजनीबाट ध्वस्त गरिएका छन । यस्तै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर–२ चन्डेश्वरी मन्दिर नजिकै टिकानारायण श्रेष्ठको खाली जग्गामा राखिएको एनसेलको टावर पनि आगजनीबाट ध्वस्त भएको छ । टावरमा लागेको आगो निभाउन टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरी परिचालित भएको थियो । आगलागीबाट जेनेटर, संचारको तारहरु लगाएत विभिन्न मेसिनरी सामानहरुमा क्षेती पुगेको स्थानीयले बताएका छन् ।
एनसेलमाथि नेकपाले देशभर कारवाही गर्दै आएको जनाएको छ । नेकपाले स्थानीयका घरका छतमा राखिएका एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपील समेत गरेको छ । भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने र जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध जारी राख्ने नेकपाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *