प्रधानमन्त्री ओलीद्वारा कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न निर्देशन

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका छन । प्रधानमन्त्री ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार निर्देशन दिएका हुन । यसैगरी, प्रधानमन्त्री ओलीले आइतबार पर्यटनमन्त्री योगश भट्टराई र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि निर्देशन दिएका छन ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ । उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो । “महामारीका रूपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । चिनबाट सरेको कोरना भाईरसले आम मानिसमा त्रास उत्पन्न गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त कोरोनाभाइरस भाइरसको एउटा समूह हो जसले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ । यो भाईरसको संक्रमण हुँदा मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । यो सक्रमण भएपछि मानिसमा अनुसार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुनसक्छ । कोरोनाभाइरसको भ्याक्सीन अहिलेसम्म बनेको छैन । तर पनि यो भाईरसको संक्रमण भएको सुरुवाती चरणमा उपचार गर्नसकेमा निको हुने बताईएको छ । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् । सयौ चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् । कम्तीमा दुई हजार शैय्या क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदै छ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *