पुलिस र एपिएफ क्वार्टरफाइनलमा


काठमाडौं, ८ माघ । आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब र एपिएफ क्लब क्वार्टरफाइनलमा पुगेका छन् । पुलिस समुह ‘सी’ र एपिएफ समूह ‘बी’ को विजेता बन्दै क्वार्टरफाइनल पुगेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले २५–१४,२५–२० र २५–१४ ले हराएको हो । पराजित भएपनि मणिमुकुन्द पनि अन्तिम आठमा पुगेको छ ।
त्यसअघिको खेलमा एपिएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१० र २५–९ ले पराजित गरेको छ । समूह बीबाट बुलबुले रारा क्लब उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो । आर्मी सोमबार नै समूह एको विजेताका रुपमा अघि बढीसकेकोे छ ।
समूह एमा नयाँ बजार सामाजिक युवा क्लब उपविजेता बनेको छ । समूह डीबाट हेल्प नेपाल स्पोर्टस क्लब समूह विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेताका रुपमा अन्तिम आठ पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *