फिल्म ‘साङ्लो’ रिलिज नहुँदै चर्चामा निकिता


काठमाडौं, ८ माघ । फिल्म ‘साङलो’ रिजिल पूर्व नै पूर्वमिस नेपाल निकिता चाण्डक चर्चामा आउन थालेकी छिन् । यसअघि सार्वजनिक भएका गीत र ट्रेलरले पनि दर्शकको ध्यान खिचेसँगै डेब्यु फिल्मबाटै निकिताले चर्चा पाएकी हुन् । यस्तो चर्चा कमै अभिनेत्रीले पाउने गरेका छन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ ।
फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् । प्रचारका क्रममा विराज र निकिता महोत्सव र कार्यक्रममा पुगेका छन् । निकितालाई यतिबेला भ्याइनभ्याइ छ ।
निकिताले कस्तो अभिनय गरेकी छिन्, त्यसका आधारमा उनको थप तारिफ हुने पक्का छ । निकिता स्वयम् पनि यो फिल्मभन्दा राम्रो डेब्यु अरु हुन नसक्ने बताउँछिन् । फिल्ममा उनको काम कस्तो छ त्यो भने हेर्न बाँकी छ । फिल्मको चर्चा त दर्शकलाई विश्वास दिलाउने एउटा आधार मात्र हो । फिल्म चल्नलाई आखिरमा फिल्म नै राम्रो हुनुपर्छ ।
अहिलेलाई यति आशा गर्न सकिन्छ, ‘साङ्लो’ ले दर्शक पायो भने यसको कारण एक्सन स्टार विराज भट्ट मात्र नभएर निकिताको पनि उत्तिकै भूमिका हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *