कांग्रेसलाई उपसभामुख पद दिन आग्रह


काठमाडांै, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसलाई उपसभामुख पद दिन कांग्रसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग आग्रह गरेको छ । उपसभामुख पद माग्न काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मंगलबार नेकपाका अध्यक्ष प्रचण्डसँग भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । उनीहरुबीच भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए ।
काँग्रेसले सभामुख निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार आफ्नो उम्मेदवारी दिएको छैन । सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।
सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने बताएका छन् । नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
संघीय संसद सचिवालयले मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *