संकटा र बिबिसी गोलरहित बराबरी


काठमाडौं, (हाम्रो खेलकुद)–सहिद स्मारक ए डिभिजन लिगमा सोमबार भउको खेलमा संकटा क्लब र बिग्रेड ब्वाइज क्लब (बिबिसी) ले गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल दुवै टोलीले गोलका केहि अवसर पाएपनि सफल भने हुन नसके पछि दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
संकटाको ७ खेलपछि २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक पुगेको छ भने बिबिसीले २ जित, २ बराबरी र ३ हार बेहोर्दै ८ अंक पु¥याएको छ । खेलमा संकटा तुलानात्मक रुपमा बलियो देखिएको थियो । बिबिसीका गोलकिपर विशाल सुनार केल्मे म्यान अफ द म्याच चुनिएका छन् ।
बिबिसीले सोमबार भारतीय खेलाडी मोहम्मद सौकतलाई उतारेको थियो । दक्षिण एसियाली कोटा अन्तगर्त बिबिसीले भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गराएको हो । मोहम्मदले बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लोको नियमावली अनुसार ए डिभिजन टोलीले लिगका लागि ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप चौथो खेलाडी राख्दा एक जना दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *