समस्या समाधान गर्ने दायित्व राज्यको भएको दाबी


काठमाडौं, ७ माघ । सबैको समस्या समाधान गर्ने दायित्व राज्यको भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । नेपाल इन्टरमोडल विकास समितिको २३ औं वार्षिकोत्सवमा मन्त्री भट्टले राज्यले व्यवसायी, कर्मचारी, नागरिक सबैका समस्या समाधान गर्ने दायित्व सरकारको भएको बताएका हुन् ।
उनले कर्मचारीहरुलाई संकेत गर्दै १०–५ को ड्युटी गरेर तलबमात्रै खान आएको भन्ने कुरा कसैले नसोच्न आग्रह समेत गरेका छन् । उनले राजनीति गर्ने मान्छे सर्वेसर्वा हुन नसक्ने बताउँदै रुपान्तरण हुनु जरुरी रहेको बताए ।
यसैगरी, उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले सरकारले देशलाई आधुनिक र समृद्ध बनाउन योजनाहरु ल्याए पनि केही स्थानीयवासी, केही समुदाय र केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने परम्परा रहेको बताएका छन् । विराटनगर आपिसी निर्माण गरी भारतले धेरै अगाडी नै हस्तान्तरण गर्ने योजना बनाएको भएपनि नेपाली समुदायकै अवरोधका कारण ढिलाइ भएको उनले आरोप लगाएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भारतबाट सामान आयात गर्दा सिपिङ कम्पनीहरुले अनावश्यक रुपमा शुल्क उठाउने गरेको गुनासो गरेका छन् । चीनतर्फका बन्दरगाहहरु सञ्चालनमा आएको भएपनि सबैभन्दा नजिक ३५ सय किलोमिटरको दुरी भएको भन्दै उनले ढुवानी खर्चका विषयमा पनि ध्यान दिन सके चारै तिरको ‘कनेन्टिभिटी’को फाइदा हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *