पार्टीको आन्तरिक समस्या समाधान गर्न कांगे्रसमा छलफल

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्नकालागि पहल कदमी सुरु भएको छ । समस्या समाधान गर्नका लागि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच सोमबार पार्टी कार्यालय सानेपामा छलफल भएको हो ।
पार्टीको आन्तरिक समस्या समाधानका लागि नेताहरूबीच सानेपामा अनौपचारिक छलफल भएको कांग्रेस स्रोतले बताएको छ । यसअघि गत पुस २७ गते पार्टीको आन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सभापति देउवा निवास बूढानीलकण्ठमा भएको तीनै शीर्ष नेताबीचको छलफलपछि निधि, सिटौला र सिंहबीच तीनपटक अनौपचारिक छलफल भइसकेको छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान लिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले लगातार तीन दिन बैठक बहिष्कार गरेपछि विवाद समाधानका लागि नेताहरूले प्रयास गरिरहेका छन । ‘सभापति देउवा पक्ष आउँदो फागुन पहिलो साता महाधिवेशन गर्ने पक्षमा छन,’ एक केन्द्रीय सदस्यले भने, ‘तर वरिष्ठ नेता पौडेलले मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानमा छन । कांग्रेसमा अर्को विवादको विषय भातृसंस्थाबारे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *