महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एपिएफ र आर्मी बिजयी


काठमाडौं, ५ माघ । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिलातर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको टिएसीले जित निकालेका छन । दशरथ रङ्गशालाको कभर्ड हलमा भएको दोस्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजित गर्दै ३ अंक बटुल्न सफल भयो । एपिएफले जेभिसीमाथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो । यस्तै महिला तर्फकै दोस्रो खेलमा टिएसीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित ग¥यो । टिएसीले बिएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो । यस्तै शनिवार नै भएको पुरुषको पहिलो खेलमा नयाँ बजार सामाजिक युवा क्बल (एनवाइसी) र आरजी भलिबल ग्रुप (आरजीजी) बीचको खेलमा एनवाइसीले जित हात पा¥यो । एनवाइसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो । एनवाइसीको पहिलो जित हो भने आरजीजीको दोस्रो हार । पुरुषको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त ग¥यो । प्रतियोगिताको तेस्रो दिन आइतवार बिहान साढे ९ बजे पुरुषको पिभिसी र मनी मुकुन्द भलिबल क्लब (एमभिसी ) बिच पहिलो प्रतिस्पर्धा हुने छ । यस्तै दोस्रो खेल पुरुषकै हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाइसी) बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *