चाइनिज पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम, ५ माघ । जनकपुरधामबाट दुई जना चाइनिज पेस्तोल सहित पक्राउ परेका छन् । सवारी दुर्घटनाको जाँच गर्न जाँदा उनिहरु शनिबार पक्राउ परेका हुन ।

बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ डीएसपी कार्की सहितको टोली दुर्घटना स्थलमा पुग्दा कारमा सवारसँग शंका लागेपछि चेक गर्ने क्रममा डिक्की भित्र लुकाई छिपाई राखिएको ठूलो चाइनिज पेस्तोल पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्याग्जिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । दुबै जनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं. ५ का ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । दुबै जनालाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *