अन्नपूर्ण बेसक्याम्पमा ७ बेपत्ता, २ सयको उद्धार


कास्की, ५ माघ । अन्नपूर्ण बेसक्याम्पमा हिम पहिरोको कारण ७ जना पदयात्री र पथप्रदर्शक हराएका छन । २ सयजना पदयात्री र पथप्रदर्शकको उद्धार गरिएको छ । अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् । यस क्षेत्रमा ५–७ फिट.िसम्म हिउ परेको हुनाले उद्धार कार्यमा बाधा परेको छ । सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् । त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पोखराका सचिव जीवनराम सापकोटाले बताए ।
हिम पहिरोको कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । शुक्रबार देउराली भन्ने ठाउँमा हिम पहिरो खसेपछि उनीहरु बेपत्ता भएका थिए । उद्धार गरिएकामध्ये ७० जनालाई पोखरामा झारि सकेको छ । बाँकी १ सयलाई छोम्रोङमा राखिएको छ । कोरियाली दुतावासले पनि हराएका आफ्ना नागरिकहरुलाई खोज्न बिहानैदेखि हेलिकप्टरको परिचालन गरि रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेश कुमार केसीले हराएका सातको उद्धारको लागि प्रहरी टोली पनि निरन्तर खटिई रहेको जानकारी दिए । हिमपातको कारण मनाङबाट मुस्ताङ उक्लिन लागेको ४ चिनियाँ पनि हराई रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । ६ वर्ष अघि बेसक्याम्पमा हिमआँधी आएर २ सयको हाराहारीमा मृत्यु भएको टानका अध्यक्ष हरि भुजेलले बताए । पथप्रर्दशक बिना पदयात्रामा निस्किदा हिउँ मै हराउँने सम्भावना बढी रहने उनले सुनाए । हिमपातले शिविरबाट निस्कन नसकेका पदयात्री र पदप्रदर्शकलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा ल्याई सकिएको प्रशासनको भनाई छ । उद्धारको लागि टानले पनि हेलिकप्टर तयार पारेर राखेको बताएको छ । हेलिकप्टरले पदयात्री र पथप्रदर्शकलाई बोकेर दिनभरजसो पोखराको आकाशमा उडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *