डेब्यु फिल्म ‘१२ सत्ताइस’बाटै हिट हुने आशमा अस्मिता


काठमाडौँ २ माघ । माघ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ सत्ताइस’की अभिनेत्री अस्मिता लामिछाने यही डेब्यू फिल्मबाट हिट हुने आशा गरेकी छन् । अरुबेला चर्चा आउन नसकेकी अस्मिता यतिबेला चारैतिर मिडियामा छाउन सफल भएकी हुन् । फिल्म ‘१२ सत्ताइस’का कारणले उनी मिडियाको प्रथामिकतामा परेकी हुन् । उनी फिल्म ‘१२ सत्ताइस’ को मुख्य नायिका हुन् । फिल्ममा उनले हेलमेटदेवीको भुमिका निर्वाह गरेकी छन् ।
केही म्युजिक भिडियो र फिल्ममा सह निर्देशन गरेकी लामिछानेको ‘१२ सत्ताइस’ रिलिज हुन लागेको डेब्यु फिल्म हो । अभिनय बिषयमै अध्यायन गरेकी उनले सहायक निर्देशक हुँदाको सिकाइ अहिले कलाकारितामा काम लागेको बताइकी छन् ।
कैलाली लम्की स्थायी घर भएकी अस्मिता हाल पाटनमा बसेर अध्यायन र कलाकारिता एकसाथ अगाडि बढाइरहेकी छन् । ‘१२ सत्ताइस’ उनको पहिलो फिल्म हो । त्यसैले यो क्षेत्रमा उनले खासै संघर्ष गर्नु परेको छैन । यो क्षेत्रमा आउन आफुले बिगत ३,४ बर्षदेखि लगातार मिहिनेत र संघर्ष गरिरहेको उनले बताइन । नेपाली कलाक्षेत्रमा रहेक मानिस अलग अलग उदेश्यका साथ होमिएका छन् । उनले भने आफ्नो खुसी र रहर पुरा गर्न कलाकारिता रोजेकी बताइकी छन् ।
लाइट कमेडी जनरामा निर्माण भएको ‘१२ सत्ताइस’ पैसा कमाउन १२ सत्ताइस गर्ने कथा देखाइएको छ । जोन योञ्जनको कथा तथा निर्देशन रहेको फिल्मको कथा र आफ्नो भुमिका राम्रो भएकोले अभिनय गरेको अस्मिताको भनाइ रहेको छ ।
फिल्ममा अस्मिताको अलवा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।
ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् ।
गौतम शाहा सह निर्माता रहेको फिल्ममा अनिश स्याङ्गदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *