विराजसँग रोमान्स गर्दै निकिता


काठमाडौं, २ माघ । फिल्म ‘साङ्लो’बाट अभिनयमा डेब्यू गरेकी पूर्व मिस नेपाल निकिदा चन्द अभिनेता विराज भट्टसँग रोमान्स गरेकी छिन् । फिल्म ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनको जोडी विराजसँग बाँधिएसँगै फिल्ममा रोमान्स गरेकी हुन् ।
अभिनेता विराजका लागि यो फिल्म चल्नैपर्ने चुनौती छ । ४ वर्ष अगाडिको फिल्म ‘जय परशुराम’ असफल हुँदा धेरैले उनको स्टारडममाथि प्रश्न उठाएका थिए । यसको जवाफका लागि पनि ‘साङ्लो’ ले बक्सअफिसमा सफलता हात पार्नै पर्ने हुन्छ । ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरले राम्रो हाइप निर्माण गरेको फिल्मलाई उत्कृष्ट बनाउन विराजले कुनै कसर नछाडेको देखिन्छ । ट्रेलर हेर्दा फिल्मले दर्शक हलसम्म तान्न सक्ने देखिएको छ । मृगौला तस्करीको कथामा बनेको फिल्मबाट विराज निकै आशावादी रहेका छन् ।
गीत र ट्रेलरले चर्चा बटुल्दै गर्दा विराजले फिल्मको नयाँ गीतको छायांकन गरेका छन् । अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतको अहिले काठमाडौंमा छायांकन भैरहेको छ । निर्माण टिमले गीत छायांकनको केही अचल तस्विरहरु सार्वजनिक गरेको छ । जसमा अभिनेता विराजलाई रफ–टफ पहिरनमा देखिएका छन् भने अभिनेत्री निकितालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *