एभरेष्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु हुदै

काठमाडौं, २ माघ । एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आजबाट सुरु हुँदैछ । एभरेष्ट वल्र्ड क्लाब तेक्वान्दो नेपाल शाखाको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आज ( बिहीबार) सुरु हुने भएको हो । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुनेछ ।
तेक्वान्दोको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले जनाएको छ ।
प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष र महिलाका समान ३८ तौल समुहमा प्रतिस्पर्धा हुने बताइएको छ । त्यस्तै पुम्सेमा महिला पुरुषतर्फ समान १२ तौल समुहमा गरि कुल १ सय वटा तौल समुहमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक सञ्जिय फुयालले बताए ।झन्डै १ हजार १ सय खेलाडीले १ सय १० वटा स्वर्ण, त्यतिनै रजत र २ सय २० वटा कास्य पदकका लागि प्रतिस्र्धा गर्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ रुपैयाँ, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट २ निर्णायकले समेत समान १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी ७ प्रदेशका उत्कृष्ट र विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री नेपाल शाखाले प्रदान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *