फिल्म ‘चिसो एस्ट्रे’ आउँदो जेठमा प्रदर्शन हुने


काठमाडौं २४ पुस । फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । दिनेश पाल्पाली (दिन्श) को निर्देशन रहेको फिल्म १६ जेठबाट प्रदर्शनामा आउने भएको हो । ।
गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले पेश गर्ने बताइएको छ । निर्देशक दिन्शले यसअघि ‘बालकृष्ण सम ः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गरेको बताएका छन् ।
फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथालाई उतारेको निर्देशक दिन्शले बताए । तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे रहेको उनले जानकारी दिए । फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मको निर्माण प्रबिन स्याङ्बोले गरेका हुन् । फिल्ममा लेखन र गीतकारको पनि भूमिका निर्देशक दिन्श निभाएका छन् । फिल्ममा अजर जंगमको संगीत र उज्जल बस्ताकोटीको छायांकन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *