सुन र खैरो हिरोइनसहित ३ जना पक्राउ

काठमाडौं २४ पुस । अवधै सुन र खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन् । थाई एयरलाइन्स बैंककबाट आएका भारतीय नागरिकको मलद्वारमा ६ सय ग्राम सुन भेटिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारतीय नागरिक मोहम्मद टोस्मिदको मलद्वारमा लुकाएको ६ सय ग्राम सुन भेटिएको हो ।
प्रहरीले शंका लागेर विमास्थलमा उत्रिनेवित्तिकै टोस्मिदलाई पक्राउ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गरेको थियो । एक्सरे गर्दा मलद्वारभित्र सुन हालेको भेटिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । पछिल्लो समय तस्करले मलद्वारमा राखेर धुलो सुन भित्र्याउने क्रम बढेको प्रहरीले जनाएको छ । डेढ सातामा विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित ६ जना भारतीय नागरिक पक्राउ परिसकेका छन् ।
यसैगरी, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार गोकर्णेश्वरका आशिष थापा र झापा कमल गाउँपालिका ५ का ऋतुहाङ लावतीलाई पक्राउ गरेको छ ।
सुरूमा प्रहरीले गोकर्णेश्वर ८ घर भएका थापालाई तीन ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । उनीसँगको सोधपुछपछि प्रहरीले लावतीलाई महांकालबाट पाँच ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । त्यसपछि सोही स्थानमा रहेको लावतीको कोठाको तलासी लिँदा २१६ ग्राम हेरोइन फेला परेको ब्युरोले जनाएको छ । पक्राउ परेका दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *