अध्यक्ष प्रचण्डले रिसोर्ट छोडेर कार्यकर्ताको घर रोजे

काठमाडौँ, २३ पुस । ताजकीपनको लागि सिन्धुपाल्चोक पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले रिसोर्टको बसाई छोडेर कार्यकताको घरमा बसेका छन् । सोमवार बेलुकी ‘रिफ्रेस’ हुनका लागि भन्दै उनी सिन्धुपाल्चोक पुगेका थिए । उनको साथमा सिन्धुपाल्चोकका सांसद एवं पूर्वमन्त्री अग्नि सापकोटा पनि गएका थिए ।
सापकोटाको आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ स्थित कदमवासमा रहेको वलराम गिरीको घरमा बासको व्यवस्था मिलाएका थिए ।
अध्यक्ष प्रचण्ड जिल्ला आउने थाह पाउनसाथ केही नेता कार्याकर्ताले भने रिसोर्टमा बस्नका लागि अनुरोध गरेका थिए । तर, प्रचण्डले भने जनतामाझ सामान्य जीवनको सन्देश प्रवाह गर्न सामान्य कार्यकर्ताको घर रोजेका थिए ।
नेताहरु लक्जरी हुँदै गएको भन्ने आरोप चर्को रुपमा लाग्न थालेकोले प्रचण्डले जनताको घरमा बस्ने इच्छा देखाएको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णु लामाले बताए ।
सोमबार साँझ कदमबास पुगेका प्रचण्डले बसाइको क्रममा केही व्यक्तिहरुसँग मात्र भेटघाट गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *