सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिन्छ ः मन्त्री ढकाल


काठमाडौँ, २३ पुस । चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । मंगलबार कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालकै कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकहरुको मिलेमतोमा बिरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको बताएका छन् ।
मन्त्री ढकालले आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने बताएका छन् । उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने गरिएको दाबी गरेका छन् । बिरामीहरु सुरुमा सरकारीमा आउँछन्, अस्पतालका कर्मचारीको मिलेमतोमा नीजि अस्पतालमा जान्छन् त्यहा उनीहरुलाई कंगाल बनाए पछि पुनः सरकारी अस्पतालमा नै पठाउने गरेको मन्त्रि ढकालले बताए । उनले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट नीजि अस्पताल पु¥याए बाफत उनीहरुले कमिसन लिनेको बताए ।
मन्त्री ढकालले निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको बताए । उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *