फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा ढिलाइ


काठमाडौं, २२ पुस । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन ढिलाइ हुने भएको छ । डेढ वर्ष अगाडि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को घोषणासँगै टीजर सार्वजनिक गरेका थिए । तर फिल्म पोष्ट प्रोडक्सनमा अल्झिएको कारण फिल्म प्रदर्शनमा आउन ढिला भएको हो । फिल्म दिनेश दर्शनधारी र यशोधा राई निर्माताको रुपमा छन् । फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्दै थिए । फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, किरण केसी, आयुष्मान देशराज जोशीलगायतका कलाकारहरुको अभिनय रहको छ । दीपेश सापकोटा निर्देशित फिल्मको छायांकन काम सकिसकेको छ । निर्देशक सापकोटा स्वयंलाई पनि फिल्म प्रदर्शन हुन्छ वा हुँदैन भन्ने थाहा नभएको बताएका छन् । छायांकन सुरु भएपछि फिल्ममा कविता र शक्ति भित्रिएका थिए । उनीहरुको प्रवेश भएपछि कथामा केही परिवर्तन गर्नु परेका कारण पनि फिल्म निर्माणमा समय लागेको निर्माता दर्शनधारीको भनाई छ । अभिनेत्री करिश्मा आफ्नी छोरीलाई होम प्रोडक्सनको फिल्मबाट डेब्यू गर्ने तयारीमा थिइन् । तर, अभिनेता शिवको आग्रहपछि ‘एउटा यस्तो प्रेम कहानी’ बाट उनी छोरीलाई डेब्यू गराउन तयार भएकी थिइन् । तर, यो फिल्म रिलिज नुहँदा करिश्मा र कविता दुवै निराश छन् । उता, शिवका छोरा शक्तिले भने डेब्यू फिल्म प्रदर्शन नभएपछि ‘लप्पन छप्पन २’ मा काम गरिसकेका छन् ।
के ‘एउटा यस्तो प्रेम कहानी’ दर्शकले हेर्न कति समय कुर्नु पर्ने हो थाहा छैन् । निर्माता दर्शनधारीले अर्को वर्षभित्र फिल्म प्रदर्शन हुने बताएका छन् । उनले भने, अहिले फिल्मको पोष्ट प्रोडक्सनमा काम भैरहेको छ । फिल्मको एकसाथ दुईवटा श्रृंखला खिच्नु पर्ने भएकाले प्रदर्शनमा आउन ढिलाई भएको बताएका छन् । नेपालमा घोषणा भएका फिल्म थन्किएका बग्रेल्ती उदाहरणहरु छन् । राजधानीका ठूला होटलमा तामझामका साथ फिल्मको घोषणा गरिन्छ तर निर्देशक–निर्माताबीच असमझादरी बढेपछि फिल्म निर्माण नहुँदै सधैंका लागि थन्किन्छ । कति फिल्म भने निर्माण हुन्छन्, तर पोष्ट प्रोडक्सनमा अड्किन्छन् । यस्तै कारणले नेपाली फिल्मकर्मीले दर्शकको विश्वास गुमाउँदै गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *