कनिष्ठ प्रहरी अधिकृतको पीरमर्का बुझ्न् निर्देशन

काठमाडौं, २१ पुस । कनिष्ठ प्रहरी अधिकृतको पीरमर्का बुझ्नका लागि वरिष्ठ प्रहरी अधिकृतहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिएका छन् । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै डिआइजी पोखरेलले यस्तो निर्देशन दिएका हुन् । कनिष्ठ प्रहरीको पीरमर्का बुझ्नको लागि उनले हरेक साँझ जवान–हवल्दारकै मेसमा गएर खाना खान र साताको एक दिन अनिवार्य सुत्न वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।यस्तो कार्यले कनिष्ठ र वरिष्ठ प्रहरीबीचको निकटता बढ्ने, पीरमर्का आदानप्रदानमा सहयोग पुग्ने र आफूले देखेको, जानेको, भोगेको कुरा निर्धक्न भन्न सक्ने वातावरण सिर्जना हुने पोखरेलले बताए । बाहिर जनताको शान्ति सुरक्षामा खटिने हामी आफैंभित्र कस्ता समस्या लिएर बसिरहेका छौं, कसले के भोगिरहेका छौं र त्यसको निराकरणको उपाय खोज्न जरूरी भएको उनले बताए ।उनले यस्तो अभ्यासले आफूलाई परेको समस्या र गुनसो आफ्नै संगठनका सदस्यबाट खोज्न सघाउ पुग्ने बताए । जनतालाई प्रवाह गर्ने सेवामा निष्पक्षता, सम्मान आश्यक रहेको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए । उनले खराबलाई बहिस्कार र उत्कृष्टलाई पुरस्कार गर्ने नीति आफूले लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *