९५० रोपनी सरकारी जग्गा नेकपाद्वारा कब्जा


काभ्रे, २१ पुस । नेत्र विक्रम चन्द ‘विप्लप’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले ९५० रोपनी सरकारी जग्गा कब्जा गरेको छ । काभ्रेको साविक महादेव स्थान– ९ मा रहेको ९५० रोपनी जग्गा विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बहनामा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी कब्जाको गरेको आइतबार घोषणा हो ।
नेकपा काभ्रेले पे्रस विज्ञप्तीमा भनेको छ, ‘कित्ता नम्बर ९१६,९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायको विभिन्न व्यक्तिहरुको नाममा रहेको यथस्थ प्रमाण रहेको तर ३०३१ सालमा सर्भे नापी हुँदाको बखत आवश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको छ ।’
नेकपाले निकालेको प्रेस विज्ञप्तीमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरी, कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्नसमेत चेतावनी दिएको छ ।
यसैगरी, विप्लप नेकपाले वैदेशिक हस्तक्षेप, समाजिक फासिवाद, सिमा अतिक्रमण र शैक्षिक माफियाका विरुद्ध सशक्त विद्यार्थी आन्दोलन, सुदृढ संगठन, प्रतिबद्ध नेतृत्व र वैज्ञानिक समाजवादी शिक्षाका लागि १६ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले पुस १९ गतेका दिन १६ औं जिल्ला सम्मेलन गरेको छ । सम्मेलनले ललितको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको जनाएको छ । सम्मेलनपछि नवनिर्वाचित अध्यक्ष ललितले आइतबार प्रेस विज्ञप्ति निकाली वैज्ञानिक समाजवादी शिक्षाको प्राप्तिकालागि निरन्तर संघर्ष गर्ने, शैक्षिक माफियाको भण्डाफोर गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष ललितले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर विगत लामो समयदेखि शैक्षिक विकृति, विसङ्गती र बढ्दै गइरहेको चर्को शुल्क वृद्धि, शैक्षिक व्यापारिकरण, निजीकरणका विरुद्ध अनवरत रूपमा संघर्षरत रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *