फिल्म ‘कमाण्डर’ माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने

काठमाण्डौ । फिल्म ‘कमाण्डर’ माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कमाण्डर’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । एलआर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्म ‘कमाण्डर’ को एक्सनले भरिएको ट्रेलर शनिबार सार्वजनिक भएको हो । फिल्मको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही र रोविन तामाङबीचको टकराव देख्न सकिन्छ । फिल्ममा अनुप प्रहरी अफिसरको भूमिकामा छन् । भने, रोविन तस्करको भूमिकामा प्रस्तुत छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्म ‘कमाण्डर’ मा अनुपबिक्रम र रोविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सह(निर्मातामा सावन जंग राना छन् । फिल्म राम्रो बनेको निर्देशक सापकोटा बताउँछन् ।‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको बताइएको छ । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्माण भएको लामो समयपछि फिल्म प्रदर्शन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *