फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ चैत २८ बाट प्रदर्शनमा आउने

काठमाण्डौ । फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ चैत २८ बाट प्रदर्शनमा आउने भएका छन । आउँदो चैत २८ गतेलाई अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चपली हाइट ३’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । नयाँ वर्षमा फिल्म प्रदर्शन गर्दा दर्शकको राम्रो साथ पाइने विश्वास निर्मातामा छ । त्यसैले वर्षौदेखि हरेक वर्षको अन्त्य अर्थात् नयाँ वर्षमा नेपाली फिल्मबीच ठूलो भिडन्त हुँदै आएको छ । गएको नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ बीच भिडन्त भएको थियो । यस वर्षको अन्तिममा पनि आश गरिएका तीन फिल्म भिड्ने भएका छन् । आउँदो चैत २८ गतेलाई अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चपली हाइट ३’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यी दुई फिल्मको भिडन्तको चर्चाले फिल्मवृत तातेको अवस्थामा यो मितिमा फेरि एक फिल्म थपिएको छ । गोपीकृष्ण मुभिजको फिल्म ‘माइकल अधिकारी’ ले पनि प्रदर्शनका लागि नयाँ वर्ष रोजेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ भने उपत्यका बाहिरका लागि श्रीकृष्ण फिल्म्सले वितरणको जिम्मा लिएको छ । वितरक करण क्रेजीले उपयुक्त लागेका कारण ‘माइकल अधिकारी’ लाई चैत २८ गते प्रदर्शन गर्न लागिएको बताए । तर, यो फिल्मको अहिलेसम्म छायांकन भने भएको छैन । फिल्मको छायांकन माघको पहिलो साताबाट सुरु हुँदैछ । प्रेम जोडी समेत रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको अभिनय रहने फिल्मलाई रञ्जित रौनियारले निर्देशन गर्दैछन् । फिल्म सेरोगेसी (भाडाको कोख) को कथामा निर्माण हुन लागेको हो । तर, छायांकन सुरु भएको साढे दुई महिनामा ‘माइकल अधिकारी’ प्रदर्शनमा आउनेमा शंका छ । फिल्मको हाइप बनाउन चैत २८ को डेट घोषणा गरिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *