शहीद स्मारक ’ए’ डिभिजन लिगका खेल पुस २१ गते बाट हुने

काठमाडौं, २० पुस । वर्षाका कारण दशरथ रंगशालाको खेल मैदान बिग्रिएपछि शहीद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गतका आगामी खेलहरु सारिएको छ । नयाँ खेल तालिका अनुसार अबका खेलहरु पुस २१ गतेबाट हुनेछन् । शनिबारको लागि तय भएको न्यु रोड टिम र जावलाखेल युथ क्लबबीचको खेल पुस २१ गते दिउँसो १२ वजेबाट हुने एन्फाले जनाएको छ । त्यस्तै सोही दिन दोस्रो खेल ३ वजेबाट मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबबीच हुनेछ । पुस २० गते हुने भनिएको हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल २२ गते हुने भएको छ । पुस २१ गतेको लागि तय भएको ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लब तथा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल २३ गतेको लागि सरेको छ । यता संकटा क्लब र एपिएफ तथा त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लब २४ गते भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *