राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता, कांग्रेस–समाजवादी र नेकपा–राजपाबीच चुनावी तालमेल


काठमाडौं, २० पुस । राष्ट्रिय सभाको निर्वाचनकोलागि आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग राजपाले तालमेल गरेको छ । शुक्रवार नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो । सहमति अनुसार प्रदेश नम्बर २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसबाट महिला र अल्पसंख्यक तथा समाजवादीबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको बताइएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेलको सहमति भएको थियो। नेपाली कांग्रेसले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । कांग्रेसले शनिवार राष्ट्रिय सभा सदस्यका उम्मेद्वारको चयन गरेको हो ।यसैगरी,राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पार्टीका बरिष्ठ उपाध्यक्षहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष सप्तरीका मृगेन्द्रकुमार सिंह यादव र सप्तरीकै शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता केशव झाले जानकारी दिए । अध्यक्ष राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई अन्य समूह र सिंहलाई अल्पसंख्यकरअपांगता समूहबाट उम्मेदवार बनाइएको उल्लेख गरेका छन् । प्रदेश २ मा राजपाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गरेर दुई–दुई सिटमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । भागबण्डा आधारमा टुंग्याइएको उम्मेद्वारहरुमा पूर्व एमालेबाट ९ जना तथा पूर्व माओवादीबाट ७ जना रहेका छन् । नेकपाले शुक्रवार बिहान १६ उम्मेद्वारको नाम टुंग्याएको हो । प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल रहेका छन् । जसमा गौतम र दाहाल पूर्व एमाले तथा अछामी पूर्व माओवादी हुन् । त्यस्तै प्रदेश २ मा महिलाबाट तुलासा दाहाल र दलितबाट राधेश्याम पासवान रहेका छन् । प्रदेश २ मा नेकपा र राजपाले दुइरदुइ सिटमा गठबन्धन गरेका छन् । प्रदेश दुइमा पूर्व माओवादीको भागमा १–१ जना परेका छन । दाहाल पूर्व एमाले पक्षका हुन् भने पासवान पूर्व माओवादीका हुन् । नेकपाले प्रदेश ३ मा अन्यबाट पार्टीका स्थायी कमिटी सदस्य रहेका बेदुराम भुसाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यस्तै, महिलाबाट गंगा बेलवासेलाई उम्मेद्वार बनाइएको छ । २०७४ को राष्ट्रियसभा निर्वाचनमा अन्तिम समयमा भुसालको उम्मेद्वारी फिर्ता भएको थियो । बेलवासे पनि पूर्व एमाले हुन् । उता, गण्डकी प्रदेशमा नेकपाले महिलाबाट भगवती न्यौपाने र अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेका छन् । श्रेष्ठ पार्टी प्रवक्तासमेत हुन् । प्रतिनिधि सभा निर्वाचनमा गोर्खा – २ बाट उम्मेद्वारी दिएका श्रेष्ठ तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईसँग पराजित भएका थिए । भगवती न्यौपाने पूर्व एमाले हुन् । यस्तै, प्रदेश ५ महिलाबाट विमला घिमिरे, अपाङ्गतारअल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ । यस प्रदेशमा पूर्व माओवादीले एक जना मात्र उम्मेद्वार पाएको छ । अल्पसंख्यक कोटामा परेका शर्मा पूर्व माओवादी हुन् । कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसीलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको छ । कर्णाली प्रदेशमा नेकपाले एक—एकको भागवण्डा गरेको छ । जसमा मायाप्रसाद पूर्व माओवादी तथा विसी पूर्व एमाले पूष्ठभूमिका हुन् । सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर, महिलाबाट शारदा भट्टलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको छ । यस प्रदेशमा स्वाँर पूर्व माओवादीका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *