नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० भारतमा हुँदै


भैरहवा, १४ पुस । नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० भारतको कोलकातामा हुने भएको छ । पुस २४, २५ र २६ गते भारतको कोलकाता उलबरियास्थित रवीन्द्र भवनमा हुने भएको हो ।
उक्त प्रतियोगितामा नेपालका तर्फबाट मिसन गोजुरियोको टोलीले भाग लिने भएको छ । जापान गोजुरियो कराते डो मिसन संघ नेपालका प्रमुख प्रशिक्षक केबी रानाले पाँच देशका पाँच सय खेलाडीको प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरियोले गर्ने पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा श्रीलङ्का, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीले प्रतिसपर्धा गर्ने छन् ।
मिसन गोजुरीयाका संस्थापक अध्यक्ष रानाले प्रतितयोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्षभन्दा माथिको उमेर समूहका करातेका कुमुतें र काता विधामा प्रतिसपर्धा हुने बताएका छन् । यसअघि पुना, दिल्ली र पटनामा भएको अन्तराष्ट्रिय च्याम्पीयनपिपमा टिम च्याम्पियनसमेत रहेको नेपाली टोलीले नवौँ अन्तरराष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरियोका केन्द्रीय सचिव गिरीप्रसाद पुनले बताए । प्रतियोगितामा सात महिलासहित २० खेलाडी र सात अधिकृत गरी २७ जना सहभागी हुने भएका छन् । प्रतियोगितामा विगतमा अन्तरराष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक विजेता रुपा राना, सन्तु थारु, सुमन परियार, साहिल गुरुङ, विपीन गुरुङलगायतका खेलाडीहरु सहभागिता हुने मिसन गोजुरियो रुपन्देहीका अध्यक्ष थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *