गिरी महाराज ३ लाखमा छुटे

विराटनगर, १४ पुस । सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । बलात्कारको आरोप लागेका सुनसरी चतराका गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत मोरङले आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा रिहाको आदेश दिएको हो ।
गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको थियो । मंसिर दोस्रो साता उनीविरुद्ध किटानी जाहेरी परेको थियो । बलात्कार भएको भन्दै महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यहाँ उजुरी लिन नमानेको भन्दै उनले काठमाडौं आएर केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन् । केन्द्रले उनको केस जिल्लाबाट नै हेर्न निर्देशन दिएको थियो । तर, गिरीले आफूलाई षडयन्त्रमा पारिएको दाबी गर्दै आएका थिए । उनीविरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी ल्याएको थियो । उनलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो । राजनीतिक कनेक्सनसमेत भएका कारण उनीविरुद्धको उजुरीमा प्रहरी सुरुमा हच्किएको थियो । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका गिरीका च्याट र म्यासेजहरु सार्वजनिक भएका थिए । तर, दुव्र्यवहारको आरोप लगाउने महिलालाई देख्तै नदेखेको दावी गर्दै उनले आफ्नो नामको फेसबुक कार्यालयका सहयोगीहरूले सञ्चालन गर्ने र त्यसका बारेमा जानकारी दिने गरेको दावी गर्दै आएका थिए । गिरी पक्राउ परेलगत्तै विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ मा रहँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *