घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून


विराटनगर, १४ पुस । घोषित मितिमा महाधिवेशन हुन सम्भावना न्यून भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आयोजनामा सोमवार विराटनगरमा भएको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीले घोषणा गरेको मिति भित्र महाधिवेशन सम्पन्न हुने कुरामा शंका प्रकट गर्दै सम्भावना न्यून भएको बताएका हुन् । २०७७ मंसिरभित्रमा पार्टीको महाधिवेशन गरिसक्नु भएपनि फागुनभित्र महाधिवेश हुने कुरा बाहिरिएकोमा शंका गरेका छन् । पार्टीमा पहिलोपटक सहमतिले नभई बहुमतका आधारमा महाधिवेशनको मिति तय गरिएको छ ।
मंसिर ९ गतेदेखि शुरु गरेर पुस १५ सम्ममा जिल्लाको अधिवेशन गरिसक्ने कार्यतालिका बनाइएको छ । के हाम्रो संयन्त्रले यति छिटो अधिवेशन गर्न सक्ला ? तपाईंहरूलाई के लाग्छ, मलाई चाहिँ शंका छ भन्दै प्रतिप्रश्न गरे । उनले मुलुक र राज्यव्यवस्था प्रादेशिक संरचना गएका बेलामा पार्टीभत्र कस्तो प्रदेश बनाउने भनेर छलफल नगरिएको समेत बताए । ‘२०७७ फागुनमा महाधिवेशन पु¥याउनु प्रत्युत्पादक हुनेछ किनभने २०७८ चैतमा स्थानीय चुनावमा जानु पर्नेछ उनले भने, ‘यति बेलासम्म अधिवेशन र महाधिवेशनको तिक्तता रहिरहेको हुन्छ । यसले चुनावमा असर गर्छ । त्यसैले महाधिवेशन र अधिवेशनहरूलाई अगाडि नै सार्नु उचित हुन्छ । पार्टीको केन्द्रीय समितिको निर्वाचनमा ‘अर्ली महाधिवेशन’को माग गर्दा आफू एक्लो वृहस्पतिझैँ भएको चर्चा गर्दै अहिले सबैलाई यो कुरा खट्किएको उल्लेख गरेका छन् । उनले पार्टीको महाधिवेशन पहिले क्रियाशील सदस्यता छानबिन समितिको गठन गरिने गरेको स्मरण गर्दै यस पटक नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *