बुटवल ब्लास्टर्ससँग धनगढी ब्लुज ७ विकेटले पराजित


काठमाडौं, ६ पुस । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ।टस हारेर ब्याटिङमा उत्रिएको धनगढीले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा १ सय ४० रन बनाएको थियो।१ सय ४१ रनको औषत लक्ष्य पछ्याएको बुटवलले अफ्ताव उद्दिन अहमेदको आक्रमक अर्धशतकको सहायतामा १६ दशमलव ४ ओभरमै लक्ष्य पुरा र्गयो। अहमेदले २३ बलमा १ चौका र ७ छक्काको सहायतामा ५२ रन बनाए। त्यस्तै हर्स टोङ्कले ४० रन बनाउँदा शङ्कर राना २५ रनमा पभेलियन फर्किए । यसअघि ब्याटिङ गरेको धनगढीले अन्तिम बल बाँकी छँदा १ सय ४० रनमा अलआउट भएको थियो । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६१ रन बनाउँदा सन्दीप जोराले ३९ रन जोडे। त्यस्तै सौरभ खनालले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।यता बुटवलका लागि अभिनास बोहोराले ४ विकेट लिँदा ललितसिंह भण्डारीले ३ विकेट र कप्तान सोमपाल कामीले १ विकेट लिएका थिए।यो खेलमा धनगढी पराजित भएसँगै ४ खेलमा एउटा मात्र खेल जितेर अंकतालिकाको पुछारमा छ । त्यस्तै समान ४ खेल खेलेको बुटवल ३ जित निकाल्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *